Surkhet · nepal · Radio en vivo
Radio Bheri
मध्यपश्चिमाञ्चल क्षेत्रको क्षेत्रीय सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा स्थानीय जनचाहना अनुरुप भेरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पहलमा रेडियो भेरी एफ.एम. ९८ थोप्लो ६ मेगाहर्ज सञ्चालन हुदै आएकोमा रेडियो भेरी एफ.एम.लाई जनताको माग अनुरुप मध्य तथा सुदरपश्चिमका जिल्लाहरुमा पुरयाउने उद्देश्यले सुर्खेत जिल्लाको हर्रे डाडाँमा स्थानान्तरण गरी सुर्खेत उपत्यका निवासी जनताका लागि १०२ थोप्लो ७ मेगाहर्जमा प्रसारण गर्दै आएको जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ । यस एफ.एम.मा हाल श्रोताको चाहनाअनुसार विभिन्न सूचनामूलक, समाचारमूलक, शिक्षाप्रद, ज्ञानवद्र्धक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन भैरहेका छन् भने श्रोताहरुकै माग तथा स्थानीय अभिरुचिलाई ध्यानमा राखी कार्यक्रम उत्पादन समूहबाट नयाँ–नयाँ कार्यक्रमहरुको खाका तयार गर्ने क्रम जारी छ । मध्यपश्चिमका सबैजसो जिल्लाका सदरमुकाम बाहेकका स्थानहरुमा विद्युत आपूर्ति सुलभ र सरल नहुनु र शिक्षाको कमी तथा कठिन भौगोलिक अवस्थाका कारण रेडियो बाहेक सञ्चारका अन्य साधनहरुको पहुँचबाट पनि यस क्षेत्रका वासिन्दाहरु टाढै रहनु पर्ने अवस्था विद्यमान छ भने बसोवास तथा व्यापारिक दृष्टिकोणले पनि मध्यपश्चिमका प्रायः जसो जिल्लाका जनताहरुको नेपालगंज तथा सुर्खेतमा प्रत्यक्ष सरोकार रहदै आएको छ । यस परिप्रेक्ष्यमा लामो समयसम्म एकै किसिमका कार्यक्रमहरु सुन्दै आएका रेडियोका श्रोताहरुका माझ रेडियो भेरी एफ.एम.ले तयार पारेका नवीन सोच र नयाँ ढाँचाका कार्यक्रमहरुले एकपछि अर्को गर्दै लोकप्रियता हासिल गरिरहेका छन् । विभिन्न किसिमबाट गरिएका हाम्रा सर्वेक्षणहरुले मध्यपश्मिका सुर्खेत, बर्दिया, बाके, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोल्पा, दांग, सल्यान, रुकुम, रोल्पा, र प्युठान तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझांग र बाजुरा गरी विभिन्न दुइ दर्जनभन्दा बढि जिल्लाका साथै भारतका रुपैडिया, बहराइच, नानपारा, बाराबंकी र लखनउसहित विभिन्न भारतीय शहरका अधिकांश भू–भागहरुमा समेत गरी रेडियो भेरी एफ.एम. २५ लाखभन्दा बढी श्रोताहरु माझ रहेको पाइएको छ । रेडियो भेरी एफ.एम.ले समाज, राष्ट्र र समुदायको उत्थान र विकासको साथ साथै विभिन्न उत्पादनहरुको बजार प्रवद्र्धनमा समेत सक्दो सहुलियतमा सहयोग गर्ने नीति लिएको जानकारी गराउन चाहन्छौं ।
Información de la emisora
Datos públicos disponibles en el catálogo.
- País
- nepal
- Ciudad
- Surkhet
- Región
- Mid Western
- Dirección
- Birendranagar-8,Surkhet,Nepal
- Frecuencia
- 98.6 MHz FM
- radiobheri@gmail.com
- Teléfono
- +977 83 522445
Emisoras relacionadas
Ordenadas por ciudad, país, géneros e idiomas compartidos.